मादी ३ वडाध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा • Nepal's Trusted Digital Newspaperमादी ३ वडाध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मादी ३ वडाध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा

मादी ३ वडाध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा

  • समाचारपाटी
  • सोमवार, बैशाख ५, २०७९
मादी ३ वडाध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा

पोखरा । मादी ३ वडाध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । मादी ३ को वडाध्यक्ष पदका लागि बुद्धिप्रसाद लामिछानेले स्वतन्त्र (अटेरी) उम्मेदवारी घोषणा गर्नुभएकाे हाे ।

स्थानीय तहलाई दलरहित बनाउने उद्देश्यसहित सुरु भएको यो अभियानमा अहिले देशैभरका स्थानीय तह वडा, पालिका र नगर प्रमुख पदमा उम्मेदवारी घोषणा भई रहेको छ । पोखराका गनेस पौडेलले नगर प्रमुख पदमा उम्मेदवारी घोषणा गरेर सुरुआत गरेको यो अभियान अहिले देशव्यापी बनेको छ ।

अटेरी अभियानले पोखरा लक्ष कार्ययोजना (घोषणापत्र) २०७९ सार्वजनिक गरि सकेको छ । पोखरा ३ का वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएकाे महेश उदासले पनि कार्ययोजना सार्वजनिक गरि सक्नुभएकाे छ । सोमबार पोखरा २६ का वडाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभए का नविन ढंगानाले पनि वडा कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका