बार्हौं बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८ बाट निर्देशक देबेन्द्र ले सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड जित्नुभएकाे छ ।
शनिबार काठमाडौँमा भएको म्युजिक अवार्ड कार्यक्रममा पाण्डेले ‘पिरती बस्यो नि सानु’ बोलको गीतबाट सर्बोउत्कृष्ट सुगम संगीतको अवार्ड प्राप्त गर्नुभएकाे हाे ।
उहाँले विशाल घिमिरे, बबिता श्रेष्ठ, मिमोह कृष्ण श्रेष्ठ, निरेश श्रेष्ठलाई पछि पार्दै सर्बोत्कृष्ट निर्देशकको अवार्ड हात पार्नुभएकाे हाे । उहाँले अवार्ड प्राप्त गरिसकेपछि आफुमा अझ उत्कृष्ट भिडियो निर्माणमा जिम्मेवारी थपिएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे,‘अवार्ड प्राप्त गरेपछि अझ राम्रो म्युजिक भिडियो निर्माण गर्न जोस र जाँगर बढेर आएको छ । आगामी दिनमा यो भन्दा राम्रो भिडियो निर्माण गर्ने छु ।’
उक्त अवार्ड कार्यक्रममा महानायक राजेश हमाल र उहाँकाे श्रीमती मधु भट्टराई लगायतको उपस्थिति रहेको थियो । निर्देशक पाण्डेले एक साता अघि मात्रै निम म्युजिक अवार्ड कार्यक्रममा राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’बाट सर्बोत्कृष्ट निर्देशक घोषित हुनुभएकाे थियाे ।