इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुने • Nepal's Trusted Digital Newspaperइन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुने

इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुने

  • समाचारपाटी
  • आइतवार, बैशाख ४, २०७९
इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेल पन्जाब किंग्स र सनराईजर्स हैदरावादबीच दिउँसो ३: ४५ बजेदेखि मुम्बईस्थित डा डिवाई पटाली स्पोर्टस एकेडेमीमा हुनेछ।

यस्तै दोस्रो खेल चेन्नई सुपर किंग्स र गुजरात टाइट्नसबीच साँझ ७:४५ बजेदेखि महाराष्ट्र क्रिकेट एकेडेमीमा हुनेछ। पन्जाब ५ खेलमा ३ खेल जित्दै तालिकाको ५औं स्थानमा रहेको छ भने हैदरावादपनि ५ खेलमा ३ खेल जित्दै तालिकाको ७ औं स्थानमा रहेको छ।

यस्तै चेन्नई ५ खेलमा १ खेल जित्दै तालिकाको ९ औं स्थानमा रहेको छ भने गुजरात ५ खेलमा ४ खेल जित्दै तालिकाको शिर्ष स्थानमा रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका