काठमाडौं । ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सविता महर्जन र सरिता श्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याउनुभएकाे हाे । उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, बरिष्ठ ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवाल र मोडल तथा कोरियोग्राफर विपना थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे ।
फेसन स्टुडियोको उद्घाटनपछि कोरियोग्राफर प्रशान्तले सहरमा नयाँ बुटिक थपिएकामा खुसी व्यक्त गर्नुभयाे । ‘हामी फेसन क्षेत्रका व्यक्तिका लागि खुसीको कुरा हो’ उहाँले भन्नुभयाे, ‘फेसन बजारमा यस्ता बुटिकहरु खोलिनुपर्छ ।’ उहाँले फेसन डिजाइनरद्वय सविता र सरितालाई बधाई दिँदै भन्नुभयाे, ‘म उहाँलाई बधाई दिन चाहन्छु, आजदेखि पाटनमा नयाँ फेसन स्टुडियो थपिएको छ, जसले फेसनपारखीहरुको इच्छालाई पूरा गरोस् ।’ उहाँले नेपाली समाज फेसन कन्सस रहेको भन्दै डिजाइनरहरुको भविष्य उज्जल रहेको बताउनुभयाे ।
यस्तै, ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवालले भने फेसन बजारमा नयाँ बुटिक थपिएकामा खुसी व्यक्त गर्दै डिजाइनरद्वयलाई बधाई दिनुभयाे । उहाँले भन्नुभयाे, ‘म पनि सुरुमा फेसन डिजाइनर नै हुँ । त्यसपछि मात्र फोटोग्राफर भएको हुँ ।’ फोटोग्राफी पनि फेसनसँगै जाडिएको पेसा भएको भन्दै उहाँले भन्नुभयाे, ‘हाम्रो लागि यस्ता बुटिकहरु थपिएको राम्रो । म उहाँहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।’
सविता र सरिताले आईआईएफटीबाट फेसन डिजाइनिङमा डिप्लो कोर्ष पूरा गर्नुभएकाे हाे । पाटनका स्थानीय सविता र सरिताले ‘अर्किड फेसन स्टुडियोलाई संयुक्त लगानी सञ्चालनमा ल्याउनुभएकाे हाे ।
फेसन स्टुडियो उद्घाटनपछि उनीहरुले भन्नुभयाे, ‘हामीले सँगै आईआईएफटीमा डिजानिङ सिकेका हौँ । अहिले कोर्ष पूरा गरेपछि मिलेरै फेसन स्टुडियो सञ्चालनमा ल्याएका हाैँ ।’
सविताले भन्नुभयाे, ‘हामी ग्राहकको अर्डरअनुसार पहिरन तयार गर्नेछौँ । अरु बुटिकमा जस्तो पहिरन उपलब्ध हुन्छ, फेसन स्टुडियोले पनि त्यही सेवा उपलब्ध गर्नेछ ।’