स्याङजा वालिङमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperस्याङजा वालिङमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्याङजा वालिङमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु

स्याङजा वालिङमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु

  • समाचारपाटी
  • आइतवार, बैशाख ४, २०७९
स्याङजा वालिङमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको हो ।

डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका- १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयाे । मृतक पाँच जनाको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका