तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेस पूर्वगृहमन्त्री जोशी समूह बीच चुनावी तालमेल • Nepal's Trusted Digital Newspaperतनहुँमा नेकपा एमाले र नेपाली कांग्रेस पूर्वगृहमन्त्री जोशी समूह बीच चुनावी तालमेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेस पूर्वगृहमन्त्री जोशी समूह बीच चुनावी तालमेल

तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेस पूर्वगृहमन्त्री जोशी समूह बीच चुनावी तालमेल

  • समाचारपाटी
  • आइतवार, बैशाख ४, २०७९
तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेस पूर्वगृहमन्त्री जोशी समूह बीच चुनावी तालमेल

तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ ।

शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ ।

गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको  बताउनुभयाे । ‘एमालेसँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको छ,’ उहाँले भन्नुभयाे ।

दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसक्नुभएकाे छ । तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।

जोशीमाथि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप थियो । तत्कालीन नेकपा एमालेका सांसद श्रेष्ठ, एमाले विभाजनपछि हाल माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका