दृष्टीबिहिन गायिका सरिताको स्वर रहेको गीत 'तारे भिर' बजारमा (भिडियो) • Nepal's Trusted Digital Newspaperदृष्टीबिहिन गायिका सरिताको स्वर रहेको गीत 'तारे भिर' बजारमा (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दृष्टीबिहिन गायिका सरिताको स्वर रहेको गीत ‘तारे भिर’ बजारमा (भिडियो)

दृष्टीबिहिन गायिका सरिताको स्वर रहेको गीत ‘तारे भिर’ बजारमा (भिडियो)

  • समाचारपाटी
  • आइतवार, बैशाख ४, २०७९
दृष्टीबिहिन गायिका सरिताको स्वर रहेको गीत ‘तारे भिर’ बजारमा (भिडियो)

छिमेकी केटासंगको सम्बन्धबाट गर्भ रहेको र समाजमा बाँच्न गाह्रो भएको भन्दै केटीले आत्महत्या प्रयास गरेकाे यस गीत मार्फत देखाउन खाेजिएकाे  छ । आफ्नै घर नजिकका केटासंगको सम्बन्ध परिवारले थाहा पाउँछन् । केटीको महिनाबारी रोकिएपछि केटालाई खबर गर्छे तर परिवारले अर्को केटासंग बिहे गरिदिन्छन् । केटीले केटासंग बारम्बार भन्दा पनि वास्ता नगरेकाले आत्महत्याको प्रयास गर्छिन् ।

सरिता दानकुटी र आरके बसौलाको प्रमुख भूमीका रहेको कृष्णप्रसाद गौतम र सरिता अधिकारीको स्वर रहेको गीत ‘तारे भीर’को कथा बस्तु हो । गीतमा सुबास अम्गाईको निर्देशन तथा सम्पादन र गणेश सापकोटाको छायंकन रहेको छ । दिवस थापामगरले एरेन्ज गरेको गीतले समाजको पछिल्लो परिभेषलाई देखाउने प्रयत्न गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका