'अधिकार प्राप्तका लागि एकतावद्ध हुनुपर्छ':–उपसभामुख शर्मा • Nepal's Trusted Digital Newspaper'अधिकार प्राप्तका लागि एकतावद्ध हुनुपर्छ':–उपसभामुख शर्मा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘अधिकार प्राप्तका लागि एकतावद्ध हुनुपर्छ’:–उपसभामुख शर्मा

‘अधिकार प्राप्तका लागि एकतावद्ध हुनुपर्छ’:–उपसभामुख शर्मा

  • समाचारपाटी
  • आइतवार, बैशाख ४, २०७९
‘अधिकार प्राप्तका लागि एकतावद्ध हुनुपर्छ’:–उपसभामुख शर्मा

पाेखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिकार प्राप्तिका लागि संगठित भएर लाग्नु पर्ने बताउनु भएको छ । पुर्वाञ्चल सेवा समाजको १७ औं साधारण सभा एवम् दशौँ अधिवेशनको शनिवार पोखरामा उद्घाटन गर्दै उहाँले एकताबाट मात्र सफलता प्राप्त गर्न सकिने
बताउनुभयो ।

pkr scaled

मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा बिभिन्न संघसंस्थाको महत्वपूर्ण भूमिका रहदै आएको बताउँदै उपसभामुख शर्माले यस्ता संस्थाको विकासका लागि तीनै तहका सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वाञ्चलमा जन्मभई बिभिन्न पेशा र व्यवसायमार्फत पोखरालाई कर्मभूमि बनाउँदै आउनु भएकाहरुको संस्थामा राजनैतिक गर्न नहुनेमा उहाँको जोड थियो ।

कार्यक्रममा नव बर्ष २०७९ को शुभकामना आदान प्रदान सहित भित्तेपात्रोको समेत लोकार्पण गरिएको थियो । संस्थाका अध्यक्ष गोपालबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार एवम् प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी,
क्यूपेक नेपालका अध्यक्ष तिर्थराज मगर, पूर्व अध्यक्ष डिवि राई, प्रथम उपाध्यक्ष बालकुमार लुइटेल लगायतले संस्थाको महत्व र यसले खेल्दै आएको भूमिका माथि चर्चा गर्नुभएको थियो ।

रासस

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका