बाग्लुङ जैमिनीमा मेयर उठदै कुस्मीसेराका कांग्रेस नेता हरिप्रसाद आचार्य • Nepal's Trusted Digital Newspaperबाग्लुङ जैमिनीमा मेयर उठदै कुस्मीसेराका कांग्रेस नेता हरिप्रसाद आचार्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बाग्लुङ जैमिनीमा मेयर उठदै कुस्मीसेराका कांग्रेस नेता हरिप्रसाद आचार्य

बाग्लुङ जैमिनीमा मेयर उठदै कुस्मीसेराका कांग्रेस नेता हरिप्रसाद आचार्य

  • समाचारपाटी
  • आइतवार, बैशाख ४, २०७९
बाग्लुङ जैमिनीमा मेयर उठदै कुस्मीसेराका कांग्रेस नेता हरिप्रसाद आचार्य

बाग्लुङ ।  कांग्रेस नेता हरिप्रसाद आचार्य बाग्लुङको जैमिनी नगरपालिकाको प्रमुख बन्ने दौडमा हुनुहुन्छ । नेविसंघ, तरुण दलमा लाग्नुभएका बाग्लुङ जैमिनी नगरपालिका १, कुस्मीसेराका आचार्य आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयर बन्ने दौडमा लाग्नुभएकाे हाे ।

उमेरले ६० वर्षीय आचार्य दुई महिनादेखि गाउँगाउँ पुगेर भेटघाटमा गर्नमा व्यस्त  हुनुहुन्छ । बाग्लुङबाट पढ्न काठमाडौँ पस्नुभएका हरिप्रसाद २०५३ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बन्नुभएकाे थियाे । उहाँ अहिले भूगोलको राजनीतिमा सक्रिय हुन प्रयासरत हुनुहुन्छ ।

विद्यार्थी कालदेखि नै पार्टीलाई योगदान दिनुभएका आचार्यकाे  नगरपालिका विकासका योजना भएकाले आफू मेयरको बलियो दाबेदार भएको उहाँकाे दाबी छ। उहाँ भन्नुहुन्छ, ‘म त्रिचन्द्रमा स्ववियु सभापति भएको मान्छे । तरुण दलमा पनि काम गरेँ । मसँग राजनीतिक अनुभवसँगै नगरपालिकामा जनताले खोजेजस्तै विकास गर्ने योजना छन् ।’

शिक्षा, सडक र स्वास्थ्य पूर्वाधार आफ्नो प्रमुख एजेण्डा हुने उहाँको भनाइ छ । ‘वडा–वडाका सडक व्यवस्थित बनाउँछु । हरेक वडामा एउटा मुख्य सडक मेरो प्राथमिकता हुनेछ । नगर अस्पताल बनाएर एमडी गरेको डाक्टर ल्याएर स्वास्थ्य पूर्वाधार विकासमा लाग्छु,’ आचार्यले सुनाउनुभयाे । गठबन्धन भए पनि गत निर्वाचनमा कांग्रेसले मेयर जितेको र अहिले पनि पाउनुपर्ने अडान स्थानीय कांग्रेस नेताको छ ।

कांग्रेसबाट एक दर्जन आकांक्षीबीच आचार्य पनि मेयर बन्ने दौडमा लाग्नुभएकाे हाे ।

को हाे हरिप्रसाद ?
बागलुङका हरिप्रसाद २०५३ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बन्नुभएकाे थियाे । २०५३ सालमा सभापति भएपछि युवा नेतालाई अघि सार्नुपर्छ, भनेर महाधिवेशन प्रतिनिधि बनाइयो, महासमिति सदस्य पनि हुनुभयाे । हरि नवौँ, एघारौँ र बाह्रौ महाधिवेशनमा प्रतिनिधि बन्नुभएकाे थियाे । २०६७ सालमा उहाँ बाग्लुङ क्षेत्र नम्बर २ बाट महासमिति सदस्य बन्नुभएकाे थियाे ।

हाल कांग्रेसको महामन्त्री रहनुभएका गगन थापालाई नेविसंघमा सक्रिय बनाउनेमध्येका एक हरिप्रसाद पनि हुनुहुन्छ । २०५१ सालमा हरिप्रसाद त्रिचन्द्रको स्ववियु सचिव हुँदा गगन थापालाई सदस्यमा ल्याउनुभएकाे थियाे । हरि र गगनले २०५३ सालमा स्ववियुमा सभापति र सचिव भएर काम गर्नुभयाे ।

२०३६ सालदेखि नेविसंघमा लाग्नुभएका आचार्य त्यतिबेला जनमत संग्रहमा बहुदलको पक्षमा खह्रो उत्रिनुभएकाे थियाे । राजनीतिक जीवनमा उहाँले पटकपटक हिरासत बस्नुभयाे । वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा अध्यनरत रहँदा २०४२ सालको सत्याग्रहमा सहभागी भई हिरासत पर्नुभएकाे थियाे । ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ मा नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी र नेपाली काँग्रेस धौलागिरी काठमाडौँ समितिको अध्यक्षको जिम्मेवारीमा रही काठमाडौँ उपत्यकामा आन्दोलनको परिचालन गर्नुभएकाे थियाे ।

त्यही आन्दोलनलाई परिचालन गर्दा घाइते पनि हुनुभएकाे थियाे । २०४९ सालमा उहाँ ब्याच्लर पढ्न बागलुङबाट काठमाडौँ जानुभएकाे थियाे । आचार्यले तथ्यांकशास्त्रमा एमएस्सी र समाजशास्त्र–मानवशास्त्रमा एम.ए गर्नुभएकाे छ । उहाँसँग अध्यापनको अनुभव पनि छ । बागलुङको छिस्तीस्थित जनकल्याण माविमा तीन वर्ष र जनता मावि पैँयुथन्थापमा एक गरेर चार वर्ष गणित र विज्ञान पढाउनुभएकाे थियाे । चार वर्ष पढाएपछि उहाँ ब्याचलर पढ्न काठमाडौँ जानुभएकाे थियाे ।

आचार्य नेपाल तरुण दलको केन्द्रिय समितिमा रहँदा भारत, दुबई, बेल्जियम, फ्रान्स, होल्याण्ड, जर्मनी र बहराइनलगायत राष्ट्रहरुमा विश्व युवा सम्मेलन तथा अन्य विविध कार्यक्रमहरुमा सहभागी हुनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका