बृहत फेदीखोला पोखरा सम्पर्क समाजको नियमित कार्यक्रम अन्तर्गत नयाँ वर्ष २०७९ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
वैशख ३ गते शनिवार क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम फेदीखोला गाउँपालिकाका अध्यक्ष श्री घनश्याम सुवेदीको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष श्री कृष्ण क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हाे।
कार्यक्रममा स्याङ्गजा फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देवी थापा लगायत बौद्धिक ब्यक्तित्व श्री पुष्प बराल, बिशिष्ट अतिथि समाजसेवी मेजर डिल बहादुर गुरुङ, नेपाली काङ्ग्रेस फेदिखोलाका सभापति महेन्द्र थापा, नेकपा माओवादी केन्द्र फेदिखोलाका अध्यक्ष बलबहादुर गोदार, संस्थापक अध्यक्ष अभिलाश गुरूङ, समाजसेवी निरमाया कार्की, पुर्व फेदिखोला गाविस सचिव दयाराम लामिछाने, समाजसेवी जीतजंग कार्की, टंकप्रसाद गौतम सहित संस्थाका सचिव लाल कार्की अन्जानले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भने कार्यक्रमको स्वागत संस्थाका प्रथम उपाध्यक्ष जगदीश लामिछानेले गर्नुभएको थियो र उद्घोषण संस्थाका सहसचिव मीन प्रसाद सुवेदीले गर्नुभएको थियो।