पवन ओलीको ‘मुटुमा माया छ’ सार्वजनिक भएको छ। चर्चित गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली रहेको छ। लोक दोहोरि गीतमा बिष्णु माझी र कुलेन्द्र रुचाइएका गायक गायिका हुनुहुन्छ । उहाँहरु दुइले गाएको गीतलाई अत्यधिक दर्शक हरुले रुचाएका छन् ।
पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो। गीतको म्युजिक भिडियोमा अभिनय नायक पल शाह र जुना सुन्दासको रहेको छ।
भिडियो सम्पादन भने प्रविन भट्टले गर्नुभएकाे छ । मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा नवराज उप्रेदीको छायांकन श्याम कुँवरको कलर , बुद्धि तामांगको मेकअप समावेश रहेको छ ।
