किवानिस क्लब अफ युनिक नेपालको चार्टड प्रेसिडेन्टमा मुकुन्द ढुंगाना • Nepal's Trusted Digital Newspaperकिवानिस क्लब अफ युनिक नेपालको चार्टड प्रेसिडेन्टमा मुकुन्द ढुंगाना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • किवानिस क्लब अफ युनिक नेपालको चार्टड प्रेसिडेन्टमा मुकुन्द ढुंगाना

किवानिस क्लब अफ युनिक नेपालको चार्टड प्रेसिडेन्टमा मुकुन्द ढुंगाना

  • समाचारपाटी
  • शनिबार, बैशाख ३, २०७९
किवानिस क्लब अफ युनिक नेपालको चार्टड प्रेसिडेन्टमा मुकुन्द ढुंगाना

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब KIWANIS CLUB OF UNIQUE NEPAL को INDUCTION AND INSTALLATION कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विभिन्न क्षेत्रको व्यक्तिहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिस क्लब अफ युनिक नेपालको INDUCTION AND INSTALLATION भएको हो । क्लबमा पत्रकार मुकुन्द ढुंगानाको अध्यक्षतामा २१ सदस्य रहेको छ ।

२१ सदस्यीय समितिले पत्रकार तथा समाजसेवी मुकुन्द ढुंगाना चार्टड प्रेसिडेन्ट अध्यक्ष प्रेसिडेन्ट इलेक्ट भवानी प्रसाद पौडेल, भाइस प्रेसिडेन्ट रिंकु ढकाल , सचिब दिपक अधिकारी , कोषाध्यक्ष – सुमित्रा रंजित हुनुहुन्छ भने अन्य पधादिकारि  क्लबको बैठकले चयन गर्ने जनाएको छ ।

क्लवका अध्यक्ष ढुंगानाले कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनु भयो ।

‘किवानिज क्लव अफ युनिकले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने  गर्छ । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने छ । बालबालिका लाई शारिरीक,बौदिक,सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने छ ।

ढुंगानाले भन्नुभयाे ”क्लवले विशेष गरेर शिक्षा, स्वास्थ्य,खेलकुद,वातावरणको क्षेत्रमा निरन्तर काम गर्ने छ। यस अगाडि व्यक्तिगत रुपमा गर्दै आएका सामाजिक कामहरु अब किवानिज क्लव अफयुनिक नेपाल मार्फत गर्ने छौं ।”

किवानिज ईन्टरनेशनल नेपालको गर्भनर एकराज पन्त, कार्यक्रमको प्रमुख अतिथि रहनुभएकाे थियाे भने बिशेष अतिथिमा भाईस गर्भनरमा तीर्थ कुमार सिंह , सचिव दीपक शर्मा पौडेल, कोषाध्यक्षमा रामहरी सुवेदी र राजकुमार लामा, मनिषा बिमली र नम्रता गुरुङ लगाएतको उपस्थिति रहेको थियो। क्लबको स्पोन्सर ह्यापी नेपाल र पिस नेपाल रहेको छ भने, कार्यक्रमको अध्यक्षता ह्यापी नेपालको अध्यक्ष प्रमिला लामिछानेले गर्नुभएको थियो ।

किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय ७ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । “हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।” भन्ने नारा सहित क्लबले काम गरिरहेको गर्भनल एकराज पन्तले बताउनुभयो । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उहाँले जानकारी दिनुभयो । किवानीस क्बल नेपालमा २०१५ मा स्थापना भएको हो । बालबालिकालाई शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यन्न लगाएत बालबालिकाको आवश्यता अनुसारको काम गरिरहेको उहाँले बताउनुभयो । साथै सम्पूर्ण बिशेष अतिथिहरुले युनिक नेपाललाइ बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो भने कार्यक्रम संचालन सचिव दिपक अधिकारीले गर्नुभएको थियो ।

किवानिस क्लब अफ युनिक नेपाललको स्पोन्सर क्लब किवानिस क्लब अफ ह्यापी नेपाल र को स्पोन्सर किवानिस क्लब अफ पिस नेपाल रहेको थियो ।

किवानिस क्लब अफ युनिक नेपालले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष मुकुन्द ढुंगानाले प्रतिवद्धता गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका