मित्र मिलन बचत तथा ऋण सहकारी ९ औँ स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग • Nepal's Trusted Digital Newspaperमित्र मिलन बचत तथा ऋण सहकारी ९ औँ स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मित्र मिलन बचत तथा ऋण सहकारी ९ औँ स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग

मित्र मिलन बचत तथा ऋण सहकारी ९ औँ स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २, २०७९
मित्र मिलन बचत तथा ऋण सहकारी ९ औँ स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । मित्र मिलन बचत तथा ऋण सहकारी  लिमिटेड संस्थाको ९ औँ स्थापना दिवसको अवसरमा आज पोखरा २२ पुम्दीभुम्दीस्थित आदर्श ज्येष्ठ नागरिक समितिका ९ जना सदस्यहरुलाई सम्मान गरेको हो ।

mitramilan 7

पोखरा ९ नयाँबजारमा मुख्य कार्यालय रहेको संस्थाले नगद, दोसल्ला, माला लट्ठीसहित सम्मान गरेको हो भने समितिलाई २५ थान कुर्ची र एउटा दराज सहयोग गरेको हो । यस समितिमा २ सय ५२ जना जेष्ठ नागरीकहरु आवद्ध छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले सहकारीले स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई गरिएको सम्मान र सहयोगका लागि धन्यवाद दिनुभयाे । सहकारी नाफामुखी हुने, सामाजिक काम भन्दा धेरै रमाईलो र विलासिताका कार्यक्रमहरुमा खर्च गर्ने परिपाटी रहेकोमा मित्र मिलनले विगतदेखी नै सामाजिक कार्यमा सक्रिय रहेको जनाउँदै यस्ता कार्यक्रमहरुको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयाे ।

बिशेष अतिथि राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका शाखा प्रबन्धक नरेश पाण्डेले ज्येष्ठ नागरीक समाज र राष्ट्रका गहना भएको बताउनुभयाे । मित्र मिलन सहकारी सुख दुखमा साथ दिने सहकारी रहेको उल्लेख गर्दै संस्थासँग आवद्ध भएर हातेमालो गर्दै अगाडी बढ्न सुझाउनुभयाे ।

आदर्श ज्येष्ठ नागरीक समितिका अध्यक्ष तथा पूर्व वडाअध्यक्ष खडानन्द बरालले ज्येष्ठ नागरिक समूहलाई आवश्यक परेका फर्निचरहरु सहयोग तथा जेष्ठ नागरीकलाई सम्मान गरिएकोमा खुसी ब्यक्त गर्दै संस्थालाई शुभकामना दिनुभयाे ।

कार्यक्रममा उपभोक्ता सहकारी संघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल लगायतले मित्र मिलन सहकारीले गर्व गर्न लायक सामाजिक कार्य गरेकोमा धन्यवाद दिनुभयाे ।

संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लेखा समिति सदस्य प्रतिक लामिछानेले गर्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन गोपाल खनालले गर्नुभएकाे थियाे ।

mitramilan 2 mitramilan 5 mitramilan 6

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका