काठमाडौँबासीलाई कुहिने र नकुहिने फोहोर छुट्याउनआग्रह, नछुट्याए पाँच सय जरिवाना • Nepal's Trusted Digital Newspaperकाठमाडौँबासीलाई कुहिने र नकुहिने फोहोर छुट्याउनआग्रह, नछुट्याए पाँच सय जरिवाना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमाडौँबासीलाई कुहिने र नकुहिने फोहोर छुट्याउनआग्रह, नछुट्याए पाँच सय जरिवाना

काठमाडौँबासीलाई कुहिने र नकुहिने फोहोर छुट्याउनआग्रह, नछुट्याए पाँच सय जरिवाना

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २, २०७९
काठमाडौँबासीलाई कुहिने र नकुहिने फोहोर छुट्याउनआग्रह, नछुट्याए पाँच सय जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर बर्गीकरण गर्न फोहोर उत्पादनकर्तालाई आग्रह गरेको छ। महानगरले सूचना जारी गर्दै वैशाख १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउन) गर्न आग्रह गरेको हो।

‘जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहर पृथकीकरण गरी जैविक (कुहिने) फोहोर संकलन गर्न आउने दिन जैविक (कुहिने) फोहोरमात्रै संकलन गर्ने र अजैविक (नकुहिने) फोहोर संकलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोरमात्रै संकलन गर्ने जानकारी गराइन्छ। यसरी स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१(थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येकपटक पाँच सय रुपैँया जरिवना हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महानगरले जारी गरेकाे सूचनामा भनिएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका