फेदीखोला गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा उम्मेदवार बन्नको लागि हिक्मत कार्कीआकांक्षी • Nepal's Trusted Digital Newspaperफेदीखोला गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा उम्मेदवार बन्नको लागि हिक्मत कार्कीआकांक्षी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फेदीखोला गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा उम्मेदवार बन्नको लागि हिक्मत कार्कीआकांक्षी

फेदीखोला गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा उम्मेदवार बन्नको लागि हिक्मत कार्कीआकांक्षी

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २, २०७९
फेदीखोला गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा उम्मेदवार बन्नको लागि हिक्मत कार्कीआकांक्षी

स्याङ्गजा  फेदीखोला गाउँपालिका वडा नं २ को वडा अध्यक्ष मा हिक्मत जंग कार्की उम्मेदवार बन्नको लागि आकांक्षी हुनुभएकाे छ ।  हाल फेदिखोला निवासी हिक्मत जङ्ग कार्की नेपाली कांग्रेस फेदीखोला गाउँपालिका सचिव हुनुहुन्छ।

हिक्मतलाई देशकै कान्छो वडा अध्यक्ष बन्ने अवसर पनि छ । सानै उमेर देखि राजनीति लाग्नुभएका हिक्मत जंग कार्की उहाँको राजनीतिक चिन्तन बढ्दै गएपछि उहाँ २०७३ सालमा जनप्रिय क्याम्पसमा पुग्नुभएकाे थियाे ।

क्याम्पसमा पुगेपछि उहाँको राजनीति उचाई झन् अगाडि बढ्यो । जनप्रिय बहुमुखी क्याम्पस को नेविसंघ सचिव हुँदै नेविसंघ स्याङ्जा जिल्लाको सदस्य ,फेदीखोला गाउँपालिका तरुण सचिव हुँदै उहाँको राजनीतिक जीवन अगाडि बढेको थियो।

सामाजिक काममा सधैँ अग्रसर हुने कार्कीको भाषण गर्ने कलाले पनि सबैलाई मोहित पारेको छ। बिधार्थी राजनीति मार्फत सफल उदयमान नेता भएर निस्किनुभएका उहाँ खेलकुद क्षेत्र र युवाहरू बिच निकै चर्चित  हुनुहुन्छ ।

हिक्मत भन्नुहुन्छ ; ‘युवा नेतृत्व आजको आवश्यकता’  युवा पुस्तासँग भोलिको परिकल्पना नभएको होइन तर उनीहरूसँग आफ्नो परिकल्पना साकार पार्ने अवसर कम छ । उनलाई सुनिदिने र उनहरूको कुराहरु गम्भीर रूपमा लिइदिने राजनीतिक नेतृत्व बिरलै छ । वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यही नै हो। राजनीतिमा आफ्नो बाहेक विकल्प नदेख्ने नेपाली राजनीतिक नेतृत्वले आफूपछिको पुस्ता तयार पार्न त चुक्यो नै, गलत राजनीतिक संस्कारलाइ बढावा दिँदै भविष्य पनि अनिश्चित राखिदियो । डरलाग्दो विषयचाहिँ पहिलो पुस्ताको अवसानपछि आउने अर्को पुस्ता पनि आफ्नोबाहेक विकल्प नदेखी आउँदै छ ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका