दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित प्रचण्डको 'दिल खोलेर कुरा गरन' सार्वजनिक • Nepal's Trusted Digital Newspaperदयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित प्रचण्डको 'दिल खोलेर कुरा गरन' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित प्रचण्डको ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक

दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित प्रचण्डको ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक

  • समाचारपाटी
  • शुक्रबार, बैशाख २, २०७९
दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित प्रचण्डको ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक

लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मुकुन्दराज अर्यालको शब्द ,प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ”दिल खोलेर कुरा गरन” गीतमा दयाहाङ राई र लक्ष्मी बर्देवा लाई जाेडिकाे रूपमा देखन सकिन्छ ।

नयाँ बर्षको छेको पारेर सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज रहेको छ । गीतको भाव अनुसारको भिडियोमा कथा खोज्‍न सिपालु निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ टुवेल नोट्सको अफिसियल च्यानलबाट भिडियोलाई सार्वजनिक गरिएको हो ।

टुवेल नोट्स द्वारा निर्मित यसअघिका गीतहरु ‘परानै दिन्छु’ र ‘परानै दिन्छु- २’ मा पनि दया र लक्ष्मीको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका