भीषण वर्षाका कारण शुक्लागण्डकी महोत्सवमा लाखौँको क्षति • Nepal's Trusted Digital Newspaperभीषण वर्षाका कारण शुक्लागण्डकी महोत्सवमा लाखौँको क्षति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भीषण वर्षाका कारण शुक्लागण्डकी महोत्सवमा लाखौँको क्षति

भीषण वर्षाका कारण शुक्लागण्डकी महोत्सवमा लाखौँको क्षति

  • समाचारपाटी
  • सोमवार, चैत्र २८, २०७८
भीषण वर्षाका कारण शुक्लागण्डकी महोत्सवमा लाखौँको क्षति

राजकुमार आले,  तनहुँ । आइतबार साँझ परेको भीषण वर्षाका कारण जिल्लाको शुक्लागण्डकी नगरपालिकामा आयोजित शुक्लागण्डकी महोत्सवमा लाखौँको क्षति पुगेको छ। गत चैत्र २४ गतेदेखि खैरेनीटारस्थित प्रगतिटोल पछाडी खेतमा संचालन गरिएको महोत्सवको स्टल तथा साउण्ड सिस्टम पानीमा डुबेको हो। अहिले महोत्सवस्थल हिलाम्मे भएको छ। दोहोरो स्टलको बीच भागबाट पानीको भल बगिरहेको छ। प्रत्येक स्टल र दर्शकका लागि ओछ्याइएका कार्पेट र पालहरु पानी तैरिएका छन्। महोत्सवको मुख्य मञ्चको छाना हावाले उडाएको छ।

वर्षाका कारण करोड बढी क्षति भएको महोत्सव प्रवक्ता हरिबहादुर थापा बताउँनुहुन्छ। ‘एकिन विवरण आइसकेको त छैन। हाम्रो अनुमानमा एक करोड बढी क्षति भएको छ। साउण्ड सिस्टम मात्र ३०/४० लाखको नोक्सान भएको जानकारी आएको छ’ उहाँले भन्नुभयाे ‘होटलवाला स्टलहरुको फ्रिज, डिफ्रिज पुरै पानीमा डुबेको, ग्यासको सिलिन्डर, पिय पदार्थको बोटल नै बगाएको, कपडाहरु पनि पानीले भिजेको जानकारीमा आएको छ।’ उहाँले धेरथोर कमाऊ भनेर आएका व्यापारीहरुको सामान नोक्सान भएकोमा दुःख व्यक्त गर्दै उहाँहरुको मर्कामा आयोजकले राहतको पनि व्यवस्था गर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे ‘महोत्सवको बीमा गरिएको छ। त्यसबाट आएको रकमले क्षति हेरेर सम्बोधन गरिन्छ। अन्य थप राहतको पनि व्यवस्था हुन्छ।’ प्रवक्ता थापाले महोत्सवस्थल छनौट नै गलत भएको बताउँछन्। ‘यो ठाँउ पानी पर्दा बाढी आउने ठाँउ नै हो तर यसरी पानी पर्छ भन्ने हामीलाई लागेन’ उहाँले भन्नुभयाे।

तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार ईकाइको आयोजनामा विस २०६३ सालदेखि खैरेनीटार चैत्रे दशैँ मेलाको नामले संचालन हुँदै आएको महोत्सव यसपटक शुक्लागण्डकी महोत्सव नामले आयोजना गरिएको थियो। विवादित दुई उद्योग वाणिज्य संघ शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी एदोग वाणिज्य संघको एकता महोत्सवको रुपमा हेरिएको महोत्सव २४ चैत्रदेखि ०५ बैशाखसम्मका लागि आयोजना गरिएको हो।

वर्षाले महोत्सवस्थल पोखरी जस्तो भएपछि सोमबारको सबै कार्यक्रम स्थगित गरिएको प्रवक्ता थापाले जानकारी दिनुभयाे। आज पानी परेन भने भोलिबाट महोत्सव पुःन सूचारु हुने उहाँको भनाई छ। महोत्सवमा सोमबार चर्चित कलाकार, शिव परियार, रमेशराज भट्टराई, शोभा त्रिपाठी लगायतको प्रस्तुति रहने बताइएको थियो।

महोत्सवको दुई लाख दर्शकले अवलोकन गर्ने र चार लाख ७५ हजार रुपैयाँको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ।

source:-annapurnapost

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका