सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे • Nepal's Trusted Digital Newspaperसुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे

  • समाचारपाटी
  • आइतवार, चैत्र २७, २०७८
सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका