काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार ८ सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २५ जना कोरोनाबाट निको भएका छन् भने हाल ७ सय ४७ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५० हजार ९३ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ४ हजार ६ सय ६८ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।