गायिका सुरक्षा सेन्चुरीको ''निशब्द'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperगायिका सुरक्षा सेन्चुरीको ''निशब्द'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका सुरक्षा सेन्चुरीको ”निशब्द” सार्वजनिक (भिडियो)

गायिका सुरक्षा सेन्चुरीको ”निशब्द” सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
गायिका सुरक्षा सेन्चुरीको ”निशब्द” सार्वजनिक (भिडियो)

काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा सजिएको गीत ”निशब्द” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा एकैनजरमा मनपरेको व्यक्ति संग बोल्न र आफ्ना मनको भावना प्रकट गर्न नसक्दाको परिस्थितिलाई वर्णन गरिएको छ। गीतलाई चर्चित गीतकार रमेश दाहालले लेख्नुभएकाे हाे भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गर्नुभएकाे हाे। राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायिका सुरक्षा सेन्चुरी र नायक आकाश श्रेष्ठकाे फिचर्ड रहेकाे छ। बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका