पाँच दिन देखि हराइरहेका १० बर्षीय बालकको शव सेप्टिक ट्यांकीभित्र फेला • Nepal's Trusted Digital Newspaperपाँच दिन देखि हराइरहेका १० बर्षीय बालकको शव सेप्टिक ट्यांकीभित्र फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाँच दिन देखि हराइरहेका १० बर्षीय बालकको शव सेप्टिक ट्यांकीभित्र फेला

पाँच दिन देखि हराइरहेका १० बर्षीय बालकको शव सेप्टिक ट्यांकीभित्र फेला

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
पाँच दिन देखि हराइरहेका १० बर्षीय बालकको शव सेप्टिक ट्यांकीभित्र फेला

जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्यांकीभित्र एक बालकको शव फेला परेको छ । पछिल्लो ५ दिनयता हराइरहेका मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको हो ।

बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिनुभयाे ।

बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेकाे थियाे । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो ।

प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको डीएसपी बूढाथोकीले जानकारी दिनुभयाे । बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित अस्पताल लगिएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका