चुनावी घोषणापत्र तयारीमा महामन्त्री गगन थापा • Nepal's Trusted Digital Newspaperचुनावी घोषणापत्र तयारीमा महामन्त्री गगन थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चुनावी घोषणापत्र तयारीमा महामन्त्री गगन थापा

चुनावी घोषणापत्र तयारीमा महामन्त्री गगन थापा

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
चुनावी घोषणापत्र तयारीमा महामन्त्री गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी थालेको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा २९ सदस्यीय ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिबाट संयोजक तोकिएका थापाले सोमबार राजनीतिक विज्ञ, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र सरोकारवाला व्यक्ति समेटेर समितिमा २८ जना सदस्य नियुक्त गर्नुभएकाे थियाे।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर समितिले घोषणापत्र बनाउन गृहकार्य थालेको हो। केन्द्रीय सदस्यसमेत रहनुभएका समिति सदस्य अजयबाबु शिवाकोटीले घोषणापत्र कस्तो बनाउने भनेर विभिन्न क्षेत्रबाट सुझाव संकलन भइरहेको जानकारी दिनुभएकाे हाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका