अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे सिफारिस • Nepal's Trusted Digital Newspaperअधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे सिफारिस • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे सिफारिस

अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे सिफारिस

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे सिफारिस

काठमाडौं  प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गर्नुभएकाे छ ।  गैरसांसद रहनुभएका बन्दीलाई कानुन मन्त्री बनाउन सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ। बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

संविधान अनुसार, बन्दी अब ६ महिनासम्म मन्त्री रहन सक्नुहनेछ । संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ।

गैह्र सांसद मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता नलिए मन्त्री पद स्वत: खारेज हुन्छ। हाल कानुनमन्त्री रहनुभएका दिलेन्द्र बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने देउवाको तयारी छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका