काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएकाे छ । बिहीबार बिहान दरबार हाइ स्कुल परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको सुरुवात गर्नुभएकाे हाे। नेपाललमा टाइफाइडबाट बालबालिकालाई बचाउन भोलि (चैत्र २५ गते) देखि बैशाख १८ गतेसम्म राष्ट्रव्यापीरुपमा टाइफाइड खोप अभियान सुरु गरिँदैछ।
केहि जिल्लामा भने खोप अभियान सुरु भइसकेको छ । स्वास्थ मन्त्रालयका अनुसार ७५ लाख बालबालिकालाई टाइफाइड खोप लगाउने सरकारको लक्ष्य छ ।