काठमाडौं । विश्वकीर्तिमानी गीतका डा डीआर उपाध्यायलाई द ब्रिटिस वल्र्ड रेकर्डले ‘सेञ्चुरी वल्र्ड रेकर्ड होल्डर’को उपाधि प्रदान गरेको छ । डा. उपाध्यायले केही समयअघि आफ्ना विश्व कीर्तिमानको सङ्ख्या १०८ पुराउनुभएकाे थियाे ।
यसअघि गीत सङ्गीत तथा विविध विषयमा ८० विश्व रकेर्ड कायम गर्नुभएका डा. उपाध्यायले यही चैत १८ गते थप २८ विश्व कीर्तिमान सार्वजनिक गरेसँगै उहाँका कीर्तिमानको संख्या १०८ पुगेको थियो ।
डा. उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले कीर्तिमान हस्तान्तरण गर्नुभएकाे थियाे, भने सो अवसरमा उपाध्यायका आठ गीति एल्वम विमोचन गरिएको थियो ।
डा. उपाध्यायलाई एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्ड जस्ता विश्व वल्र्ड रेकर्ड प्रदान गर्ने संस्थाले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए ।
गिनिज बुक अफ वल्र्ड रकेर्ड सहित १०८ विश्व रेकर्ड कायम गर्नुभएकाे डा. उपाध्यायका बाह्र उपन्यास, तीन गीति पुस्तक र ३३ गीति एल्वमका सयौ गीत भिडियो सार्वजनिक भइसकेका छन् ।