नेशनल आर्टिष्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्ला • Nepal's Trusted Digital Newspaperनेशनल आर्टिष्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्ला • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेशनल आर्टिष्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्ला

नेशनल आर्टिष्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्ला

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
नेशनल आर्टिष्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्ला

काठमाडौं । नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ’नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लगेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताउनुभयाे ।

सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा थप्ने उद्देश्य रहेको आयोजकको दावी छ । मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक सस्था साहित्य सरोवर मिडिया प्रालीका कार्यक्रम संयोजक सन्तोष कटवालले बताउनुभयाे ।

अवार्ड जेष्ठको अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताउनुभयाे । अवार्डका लागि आवेदनको खुल्ला गरिएको छ । आवदेन फारम बैशाख ३० गते सम्म फारम लिइने आयोजक ले बताएको छ ।

उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गित (तिज, दशैँ तिहार,होलि), भेग विशेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप÷आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडलहरुले सहभागिता जनाउन सक्ने आयोजक सस्थाले जनाएको छ । आवेदन फारम ९८५२०२२९१८, ९८५११३९७६६, ९८४११५१४०९ मार्फत प्राप्त गर्न सकिने भएको छ

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका