फेदीखाेला गाउँपालिकाद्धारा सञ्चालित युवा उद्यम कार्यक्रमबाट ६ वटा समूह छनोट • Nepal's Trusted Digital Newspaperफेदीखाेला गाउँपालिकाद्धारा सञ्चालित युवा उद्यम कार्यक्रमबाट ६ वटा समूह छनोट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फेदीखाेला गाउँपालिकाद्धारा सञ्चालित युवा उद्यम कार्यक्रमबाट ६ वटा समूह छनोट

फेदीखाेला गाउँपालिकाद्धारा सञ्चालित युवा उद्यम कार्यक्रमबाट ६ वटा समूह छनोट

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
फेदीखाेला गाउँपालिकाद्धारा सञ्चालित युवा उद्यम कार्यक्रमबाट ६ वटा समूह छनोट
photosource:phedikholagaupalika

स्याङ्गजा । स्याङ्गजा फेदीखाेला गाउँपालिकाद्धारा सञ्चालित युवा उद्यम कार्यक्रम अन्तरगत युवा उद्यम कार्यक्रमबाट  यस बर्ष ६ जना समुह छनोट भएका छन् ।

फेदीखाेला गाउँपालिका भित्र युवा व्यवसायीको संख्या बढाएर उत्पादनसँगै रोजगार बढाउने उद्देश्यले युवा उद्यम कार्यक्रम गाउँपालिकाले सुरु गरेको थियाे ।  युवा उद्यम कार्यक्रमबाट यस बर्ष ६ जना युवा उद्यम समुह छनोट भएका हुन् ।

छनोट भएका समुहहरुमा फेदीखाेला वडा नं. २ स्थित सिद्धार्थ बेकरी उद्योग, खड्केटारी वडा नं. २ उद्यमशिल च्याउ फर्म, प्रगतिशिल व्यवसायीक कृषि फर्म, वडा नं. १ स्थित उपल्लो कुँडुले पशुपक्षि एग्रो फर्म, वडा नं. ३ स्थित पञ्चासे कृषि तथा पशुपालन, वडा नं. ५ स्थित उद्यमशिल युवा एग्रो फर्म रहेका छन् ।

gaupalika2

gaupalika

gau3

gau4

gau5

gau6

यो सँगै उक्त कार्यक्रममा हालसम्म २८ समुहहरु जोडिएका छन् । ५० भन्दा बढि व्यवसायी जन्मिएका यस कार्यक्रमबाट ९ सय ५० भन्दा बढि व्यक्तिहरु प्रत्यक्ष र अप्रत्यक्ष रोजगारबाट लाभान्वित भएकाे  फेदीखाेला गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाले निर्माण गरेको युवा उद्यम कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम छनोट गरिएका समुहलाई बिना ब्याज, बिना धितो ५ बर्षका लागि ५ लाख रकम प्रदान गरिन्छ ।

प्रस्तावित उद्यमको ५ बर्षे व्यवसायिक योजना, स्थानीय स्रोत तथा मानवीय स्रोतको आधार, आर्थिक लगानीको सुनिश्चितता, रोजगारीको आधार लगायतका ७ वटा मुल्यांकनका आधार निर्देशिकाले तोकेको छ ।

यसैगरि गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत आयोजित सिप विकास तालिममा सहभागी २७ जनालाई चैत्र २२ गते फेदीखाेला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदि र उपाध्यक्ष देवी थापाले प्रमाणपत्र वितरण गर्नुभएकाे हाे ।

जस अन्तरगत ९ जनालाई कुखुरापालन र १८ जनालाई बाख्रापालन सम्बन्धि तालिम प्रदान गरिएको थियो । उनिहरूलाइ ७–७ दिन गरि १४ दिनसम्म तालिम सञ्चालन भएको फेदीखाेला गाउँपालिकाले जनाएकाे छ ।

gau7 gau10 gau11 gau12 gau13 gau14 gau16 gau17 gau19 gau20 gau21 gau22 gau23 gau24 gau25 gau26

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका