म्याग्दीको मालिका गाउँपालिकामा विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीता सम्पन्न • Nepal's Trusted Digital Newspaperम्याग्दीको मालिका गाउँपालिकामा विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीता सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • म्याग्दीको मालिका गाउँपालिकामा विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीता सम्पन्न

म्याग्दीको मालिका गाउँपालिकामा विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीता सम्पन्न

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
म्याग्दीको मालिका गाउँपालिकामा विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीता सम्पन्न

प्रकाश अधिकारी म्याग्दी। अनेरास्वियुले आयोजना गरेको अन्तर पालिका विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीता म्याग्दीको मालिका गाउँपालिकामा बुधबार सम्पन्न भएको छ ।

मेरो परिकल्पनाको स्थानिय सरकार विषयमा लेखिएको निबन्ध प्रतियोगितामा किसानी माविका सम्झना खत्री प्रथम, जनप्रिय माविका विजय पौडेल दोस्रो र गौ बोमबस्त माध्यमिक विद्यालयकी विपासा सिउथानी तेस्रो हुनुभएकाे छ ।

विजेताले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र पाएका छन् । त्यस्तै निस्कोट मावि र केवि बोडिङ सान्तोना भए । सान्तोनाले नगद एक एक हजार सहित प्रमाण पत्र पाएको अनेरास्वियुका नेता उदय बहादुर दर्जीले जानकारी दिनुभयाे ।

नेकपा एमाले निकट अनेरास्वियुले आयोजना गरेको प्रतियोगीतामा पालिका भित्रका विद्यालयका माध्यामिक तहमा अध्यान गर्ने विद्यार्थीहरूको सहभागिता रहेको गौ बोमबस्त माविका शिक्षक चेत बहादुर जिसी ले जानकारी दिनुभयाे ।

मालिका गाँउपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी खरमाया विटालुले जनताको काम गर्ने प्लेटफार्म भनेर इमान्दारीका साथ निरन्तर सेवा गरिरहेको बताउनुभयाे । उहाँको जनप्रतिनिधिले गर्नुपर्ने काम र व्यवहार जनताको लागि गरेको जिकीर रहेकाे छ ।

कार्यक्रमका जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदीले मन्तव्य राख्नुभएकाे थियाे, भने वालकृण्ण सुवेदी, बालकृण्ण शर्मा तथा शिक्षक नेता खेम जुगजालीले निणार्यकको भुमिका निभाउनुभयाे ।

विद्यार्थीहरूले आफ्नो निबन्धमा संविधानले संघ र स्थानीय सरकार बलियो हुने संघीयताको मोडललाई अंगिकार गरेको भए पनि राजनीतिक नेतृत्वहरू सबै तहका सरकारहरूको संस्थागत विकास गर्ने काममा चुकेको निश्कर्ष निकाले । उनिहरूले स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो भएको प्रमाण समेत पेस गरे । उनिहरूले कल्पना गरेको स्थानिय सरकारको ब्लु प्रिन्ट मात्रै देखाएनन् नेताले प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्न सुझाव समेत दिए ।

bipasa 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका