पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा शिर्ष स्थानमा रहेको नव आदर्श क्लब लामाचौरले सँघर्षपूर्ण जित निकालेको छ ।
दोस्रो चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा बिहिबार भएको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श युवा क्लब भण्डारढिकलाई नव आदर्शले २–१ गोलअन्तरले पराजित गरेको हो ।
नव आदर्शको जितमा १२ औं मिनेटमा कुनल राईले पहिलो गोल गर्नुभयाे भने खेलको २६ औँ मिनेटमा सजिस गुरुङले गोल गर्दै टिमलाई जित दिलाउनुभयाे । हार व्यहोरेको साविक विजेता आदर्श क्लबको तर्फबाट १५ औं मिनेटमा बुद्धि तामाङले सान्त्वना १ गोल फर्काउनुभएकाे थियाे ।
यो जितसँगै नव आदर्शले ६ अंक जम्मा गरेकोे छ । भने आदर्श क्लबको १ अंक रहेको छ । त्यसैगरी दास्रो खेलमा भदौरे क्लबले डेभिजफललाई २–१ गोल अन्तरले पराजित गरेको छ । भदौरेको जितमा समुन्द्र सुवेदीले र कुशल परियारले समान १ गोल गर्नुभयाे भने डेभिजफलको तर्फबाट सुदिप रानामगरले सान्त्वना १ गोल फर्काउनुभयाे । उक्त जितसँगै भदौरे क्लबले ३ अंक जम्मा गरेको छ । भने डेभिजफलको पनि ३ अंक रहेको छ ।
अर्काे खेलमा एपेक्स क्लबको अनुपस्थितिमा ड्यामसाईड क्लबले वाकओभर मार्फत विजयी बन्दै ३ अंक बटुलेको छ । भने एपेक्सले दुई खेलमा कुनै पनि अंक बटुल्न सकेको छैन। रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको अन्तिम खेलमा ईन्द्रेणी एकिकृत विकास
केन्द्र र एलजी एशोसियसन बीच भएको खेल गोलरहित बराबरीमा सकिएको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिनुभयाे ।
उहाँका अनुसार उक्त खेलबाट दुवै टिमले समान १ अंक बाडेका छन् । र अहिलेसम्म दुवै टिमले दुई खेल खेल्दै समान ४ अंक बनाएका छन् । पोखरा महागरपालिका २५ हेम्जा स्थित गौरीशंकर खेलमैदानमा भएको पहिलो खेलमा हेम्जा युनाईटेडले पोखरा युनाईटेड क्लबलाई ३–० गोल अन्तरले पराजिगत गर्याे ।
हेम्जा युनाईटेडको जितमा आशिष कार्कीले, सुमित केसी र विकास गुरुङले समान १ गोल गर्नुभयाे । उक्त जितसँगै हेम्जा युनाईटेडले ४ अंक बटुलेको छ । त्यसैगरी अर्काे खेलमा शितलज्योती क्लबले लेकसाईड क्लबको अनुपस्थितिमा वाकओभर मार्फत शितलज्योती क्लब विजयी बनेको छ । उक्त जितसँगै शितलज्योती क्लबको अंक ६ भएको छ । भने लेकसाईडले दुई खेलबाट कुनै पनि अंक जोडेको छैन ।
अन्तिम खेलमा गार्डेन एफसीले भ्याली स्पोर्टस् क्लबलाई २–१ गोल अन्तरले पराजित गर्याे । गार्डेनको जितमा आकाश थपलिया (वामे) र मनिल गुरुङले समान १ गोल गर्नुभयाे भने भ्यालीको तर्फबाट सविन गुरुङले १ गोल फर्काउनुभयाे । अहिलेसम्म गार्डेनले ३ अंक बटुलेको
छ । यता भ्याली स्पोर्टस्ले आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ । एन्फा कास्कीका अनुसार प्रतियोगितामा अब कुल ४१ खेल बाँकी रहेकोे छ ।