नेपालमा पहिलो पटक एराेविक टेबल टेनिसको सुरुवात • Nepal's Trusted Digital Newspaperनेपालमा पहिलो पटक एराेविक टेबल टेनिसको सुरुवात • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेपालमा पहिलो पटक एराेविक टेबल टेनिसको सुरुवात

नेपालमा पहिलो पटक एराेविक टेबल टेनिसको सुरुवात

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
नेपालमा पहिलो पटक एराेविक टेबल टेनिसको सुरुवात

काठमान्डाैँ । नेपालमा पहिलो पटक एराेविक टेबल टेनिसको सुरुवात भएको छ । एप्रिल ६ अर्थात बिश्व टेबल टेनिस डे को दिन बुधबार नेपाल एपिएफ क्लबमा आयोजित कार्यक्रममा विविध कार्यक्रमका बीच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै औपचारीक सुरुवात गर्नुभएकाे हाे ।

MB2A1755

लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रो ले आफ्नो उपस्थितीमा एरोविक टेबल टेनिसका बारेमा जानकारी प्रदान गर्नुभएकाे थियाे । स्टिभले एन्डिजकी संस्थापक अनिता महर्जनलाई एकेडेमीको नेपालमा औपचारिकताको प्रमाण पत्र प्रदान गर्नुभयाे । यस्तै एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभले नेपालस्थित एकेडेमीमा रहेका छात्र तथा छात्रालाई प्रशिक्षण प्रदान गर्ने र प्रशिक्षणमा उत्कृष्ट रहेका ३ छात्र तथा ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि छात्रबृत्ती प्रदान गर्नुहुनेछ ।

MB2A1773

यस्तै पूर्व सम्झौता अनुसार डिएचएसले प्रशिक्षणका लागि आवश्यक रोवोट र स्टेग ब्रान्डको टेबल टेनिस बोर्ड प्रायोजन गरेको छ । प्रशिक्षणमा उपयोगी रोवोट पहिलो पटक प्रयोगमा आएको एनिज पिङ्ग पङ्ग क्लबकी संस्थापक अनिता महर्जनले जानकारी गराउनुभयाे ।

अनिता एरोविक टेबल टेनिसकी ब्राण्ड एम्बेसडर समेत हुनुहुन्छ । अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरि बच्चाहरुलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आईरहनुभएकाे छ ।

MB2A1983

लण्डनस्थित एरोविक टेबल टेनिस २०११ मा स्टिभ रो ले स्थापना गर्नुभएकाे हाे । एरोविक टेबलटेनिस नवखेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त  बनाउने कार्यक्रम हो । खेलाडीहरुलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको तालमा खेलाडीहरुलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरुले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टाईमिङ्ग महत्वपूर्ण हुन्छ । यसलाई संगितसंग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ । एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो ।

MB2A2040 MB2A2044

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका