काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १० जना र १ हजार ४ सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५७ जना कोरोनाबाट निको भएका छन् भने हाल ७ सय ६५ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ५ सय २७ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ४ हजार ८ सय ७ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।