'चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’ :-दाहाल • Nepal's Trusted Digital Newspaper'चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’ :-दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’ :-दाहाल

‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’ :-दाहाल

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’ :-दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउनुभएकाे छ ।

बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताउनुभएकाे हाे ।

‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ’ उहाँले भन्नुभयाे ।

माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको प्रचण्डको दावी छ । चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो काम गरेको प्रचण्डले दावी गर्नुभयाे ।

‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छन्’ उहाँले प्रश्न गर्नुभयाे, ‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका