'महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने':-दाहाल • Nepal's Trusted Digital Newspaper'महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने':-दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने’:-दाहाल

‘महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने’:-दाहाल

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
‘महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने’:-दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वैशाखमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख महिलालाई बनाउने आफ्नो चाहना भएको बताउनुभएकाे छ ।

बुधबार चितवनमा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै उहाँले महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने बताउनुभयाे ।

‘महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार छ, बेइमानी जालझेल षड्यन्त्र धेरै नै कम हुँदो रहेछ । जिम्मेवारी बेग्लै खालको हुन्छ महिलाको’ उहाँले भन्नुभयाे ।

प्रचण्डले धेरै वर्षदेखि पुरुषले शासन गर्दै आएको भन्दै केही वर्ष महिलालाई शासन गर्न दिनुपर्ने पनि बताउनुभयाे । ‘एकचोटी महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौं भन्ने छ । केही बिग्रदैन, यत्रो वर्षदेखि पुरुषले राज गरेर आइयाछ । केही वर्ष महिला राज हेरिहेरौं न त । हुन सक्छ नि त, किन सक्दैन ?’ उहाँले प्रश्न गर्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका