चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक • Nepal's Trusted Digital Newspaperचिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । चिकित्सा शिक्षा आयोगले १८ चैतमा सञ्चालन गरेको स्नातक तह एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नतिजामा परीक्षार्थीले आफ्नो प्रोफाइलमासमेत हेर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ । प्रकाशित नतिजा उपर चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेद्‍वारहरुले हिमालयन बैंकको चल्ती खातामा १ हजार जम्मा गरी दस्तुर बुझाएको भौचर वा अनलाइनबाट बुझाएको प्रमाण संलग्न गरी २७ चैतको बिहान १० बजेदेखि २९ चैतको अपरान्ह ५ बजेभित्र आयोगको इमेलमार्फन निवेदन पेश गर्न सक्ने आयोगले जानकारी गराएको छ ।

साथै विभिन्न आरक्षण समूहभित्र पर्ने उम्मेद्‍वारहरुको प्रकाशित नतिजाप्रति कुनै उजुरी भएमा यथार्थ प्रमाणसहित पुनर्योगका लागि तोकिएको समयावधिभित्र आयोगमा उजुरी दिने सक्नेछन् । झुठो विवरण पेश गरी परीक्षामा समोवश भएको पाईएमा त्यस्ता परीक्षर्थीहरुको नतिजा जुनसुकै बखत रद्द गर्ने चेतावनी दिएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका