चिकित्सा शिक्षा आयोगद्धारा चार जना परीक्षार्थीको परीक्षा रद्द • Nepal's Trusted Digital Newspaperचिकित्सा शिक्षा आयोगद्धारा चार जना परीक्षार्थीको परीक्षा रद्द • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चिकित्सा शिक्षा आयोगद्धारा चार जना परीक्षार्थीको परीक्षा रद्द

चिकित्सा शिक्षा आयोगद्धारा चार जना परीक्षार्थीको परीक्षा रद्द

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
चिकित्सा शिक्षा आयोगद्धारा चार जना परीक्षार्थीको परीक्षा रद्द

चिकित्सा शिक्षा आयोगले  चार उम्मेद्‍वारको परीक्षा रद्द गरेको जनाएको छ । प्रवेश परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेद्‍वारका उत्तर पुस्तिकाहरु तथा परीक्षाको मर्यादा विपरित कार्य गरेका, गर्न लगाएका चार जनाको परीक्षा एकीकृत प्रवेश परीक्षा समितिको निर्णय अनुसार रद्द गरेको छ ।

परीक्षामा १७ हजार ४६७ जना विद्यार्थी सहभागी भएकोे आयोगले जनाएको छ । त्यसमध्ये ८ हजार ६८७ उम्मेद्‍वारले र विदेशी परीक्षार्थीतर्फ ६० उम्मेद्‍वारको नाम निस्किएको छ ।

चिकित्सा शिक्षा आयोगले यो वर्षको एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गरेको छ । आयोगले गत वर्ष कार्यान्वयन गरेको पद्धतिमा २ सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा न्यूनतम १ सय अंक अर्थात् ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षामा भर्ना हुन पाउने व्यवस्था गरेको थियो ।

यो व्यवस्थाले नर्सिङ, फार्मेसीलगायत विषयमा मेडिकल कलेजका लागि तोकिएको सिट संख्याको आधा भन्दा कम विद्यार्थी योग्य भएपछि कार्यविधि संशोधन गरी ‘पर्सेन्टाइल’ प्रणाली लागू गरिएको आयोगको भनाइ छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका