भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला • Nepal's Trusted Digital Newspaperभेरी नदीको बीच टापुमा एक महिलाको शव फेला • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला

भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला

जाजरकोट । भेरी नगरपालिका-१२ बिस्नाचौरस्थित भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला परेको छ ।

शव किरा परेको, कपाल फुलेको, शरीरको माथिल्लो भागमा मखमलको निलो चोली लगाएको, पेटको बीच भागमा सेतो कपडाले बाँधिएको तथा शरीरको तल्लो भागमा कुनै कपडा नरहेको अवस्थामा नदीमा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

महिलाको शव अन्दाजी ५५/६० वर्ष जस्ताे देखिने प्रहरीले जनाएको छ । महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका