नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य घटेकाे छ। मंगलबार छापावाला सुनकाे मुल्य तोलामा १ सय रुपैयाँले बढेको थियाे भने आज ताेलामा सुनकाे मुल्य ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामामा ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ।
यसअघि मंगलबार सुनको मूल्य १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८ सय काराेबार गरिएको थियो। तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँमा किनबेच भएको थियो।