कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाकाे परिचय खुल्याे • Nepal's Trusted Digital Newspaperकंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाकाे परिचय खुल्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाकाे परिचय खुल्याे

कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाकाे परिचय खुल्याे

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाकाे परिचय खुल्याे

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

sipahi

अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते हुनुभएकाे थियाे । उहाँलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको उपचारको क्रममा त्यहीं मृत्यु भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यो घटनाले नेपाली सेनालाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएकाे छ । गुरुङको बलिदानीपूर्ण योगदानको उहाँले उच्च सम्मान प्रकट पनि गर्नुभएकाे छ ।

संयुक्त राष्ट्रसंघका महासचिवले पनि शोक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गर्नुभएकाे छ । साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै यस घटनाको छानबिन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन कंगोका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका