नेपाल भलिबल संघ आयोजना गर्ने एनभिएलाई बाणिज्य बैंकको निरन्तरता • Nepal's Trusted Digital Newspaperनेपाल भलिबल संघ आयोजना गर्ने एनभिएलाई बाणिज्य बैंकको निरन्तरता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल भलिबल संघ आयोजना गर्ने एनभिएलाई बाणिज्य बैंकको निरन्तरता

नेपाल भलिबल संघ आयोजना गर्ने एनभिएलाई बाणिज्य बैंकको निरन्तरता

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
नेपाल भलिबल संघ आयोजना गर्ने एनभिएलाई बाणिज्य बैंकको निरन्तरता

नेपाल भलिबल संघद्वारा आयोजना गरिने एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपका लागि राष्ट्रिय बाणिज्य बैकले निरन्तरता प्रदान गरेको छ ।

प्रायोजन सम्वन्धि सम्झौता पत्रमा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र बाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयाे ।

विगतका च्याम्पियनसिपमा जस्तै छैंटौ पटक पनि मुख्य प्रायोजकको रुपमा बाणिज्य बैकले प्रायोजनलाई निरन्तरता प्रदान गरेको हो । नेपाल भलिबल संघ संग लिगका लागि १० लाख बाट सुरु भएको प्रायोजन सम्वन्धि सम्झौता १२ लाख हुँदै १८ लाख सम्म आईपुगेको छ ।

२०७९ बैशाख १८ देखि २४ गते सम्म संचालन हुने छैटौं आर.बि.बि – एन. भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग २०७८ मा ७ पुरुष र ५ महिला टिमले सहभागिता जनाउने छन् । जसमा पुरुष तर्फ तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, गलकोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस क्लब रहेका छन् ।

यस्तै गरि महिला तर्फ त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड क्लब र बुटवलको एभरेष्ट भलिबल एकेडेमी रहेका छन् । प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाईने र अन्तिम दुईमा रहेका टिम बिच उपाधीका लागि प्रतिस्पर्धा गराईने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराउनुभयाे ।

यस पटक संघले पुरस्कार रासीमा पनि बृद्धि गरेको छ । जसमा प्रथमले ६ लाख, द्वितीयले ३ लाख, तृतीयले १ लाख ५० हजार र चतुर्थले ७५ हजार रकम प्राप्त गर्ने छन् । यस्तै महिला तथा पुरुष उत्कृष्ट खेलाडीले ३५÷३५ हजार र ब्यक्तिगत विधा तर्फका खेलाडीहरुले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित खर्च ५५ लाख रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका