पोखरा । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको पोखराको लागि आधिकारिक बिक्रेता मल्टि स्टार मोटर प्रा.लि.ले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एण्ड क्याच द क्यास’ अफर ल्याएको छ ।
अफर अन्तर्गत कम्पनीले यही चैत देखि २०७९ वैशाख ३१ सम्म मोटरहेडका बाइक खरीद गर्ने आफ्ना सम्पूर्ण ग्राहकको लागि ७ हजार रुपैयाँदेखि १ लाँख रुपैयाँसम्म नगद छुट प्राप्त हुनसक्ने अफर ल्याएको छ ।
स्क्र्याच कुपनका आधारमा ग्राहकले छुट पाउनेछन् । अफर अवधिभर खरीद गर्ने ग्राहक मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाँख ७ हजार ९ सय रुपैयाँ नगद छुट गरिने कम्पनीले जनाएको छ ।
सिधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जनाइएको छ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु छन् । उक्त वाइकहरु ३ लाँख ५ हजार रुपैयाँदेखि अधिकतम ४ लाख ५५ हजार रुपैयाँसम्ममा उपलब्ध छन् ।
सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको जानकारी मल्टि स्टार मोटर प्रा.लि.ले दिएको छ ।