काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र २ हजार ३ सय ९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५१ जना कोरोनाबाट निको भएका छन् भने हाल ८ सय १२ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १७ हजार ७ सय ५५ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ५ हजार ५ सय ७ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।