उदयपुर कविता सुनुवार हत्या प्रकरण: कविताकै सहपाठीको संलग्नता,२ जना पक्राउ • Nepal's Trusted Digital Newspaperउदयपुर कविता सुनुवार हत्या प्रकरण: कविताकै सहपाठीको संलग्नता,२ जना पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उदयपुर कविता सुनुवार हत्या प्रकरण: कविताकै सहपाठीको संलग्नता,२ जना पक्राउ

उदयपुर कविता सुनुवार हत्या प्रकरण: कविताकै सहपाठीको संलग्नता,२ जना पक्राउ

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
उदयपुर कविता सुनुवार हत्या प्रकरण: कविताकै सहपाठीको संलग्नता,२ जना पक्राउ

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा कविताकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कविता र कविताकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताउनुभयाे ।

वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका एक उच्च अधिकृतले भन्नुभयाे, ‘मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाव रहेछ, त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको पाइएको छ ।’

प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । ‘विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्‍याउन भन्दै गएका थिए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको छ ।’

प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ । शवलाई पोष्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ ।

source:onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका