पोखरा १३ वडा सदस्यमा अटेरी उम्मेदवार घोषणा • Nepal's Trusted Digital Newspaperपोखरा १३ वडा सदस्यमा अटेरी उम्मेदवार घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १३ वडा सदस्यमा अटेरी उम्मेदवार घोषणा

पोखरा १३ वडा सदस्यमा अटेरी उम्मेदवार घोषणा

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
पोखरा १३ वडा सदस्यमा अटेरी उम्मेदवार घोषणा

पोखरा । पोखरा महानगरपालिका १३ को वडा सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । यसअघि वडा अध्यक्ष र सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।

पोखरा महानगरपालिका १३ को वडा सदस्य पदका लागि सागर बरालले अटेरी उम्मेदवारी घोषणा गर्नुभएकाे हाे । स्थानीय तह दलरहित बनाउने माग सहित पोखराका गनेस पौडेलले सुरु गरेको अटेरी अभियान अहिले देशव्यापी बनेको छ ।

साथै, निर्वाचन लक्षित कार्यक्रममा जुटेको अटेरी अभियानले आउँदो चैत २६ गते पोखरा लक्षित घोषणापत्र सार्वजनिक गर्दै छ । अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले चैत २६ गते पोखराको सिर्जना चोकमा अवस्थित ’रवि महल’ मा दिउँसो १ बजे अटेरीले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएकाे छ । ‘हाम्रो घोषणापत्र सार्वजनिक कार्यक्रममा हाम्रा शुचेच्छुक, चासो राख्ने सबै जना आउनु होला । परिवर्तनका लागि जुट्नु होला,’ उहाँले भन्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका