आगामी जेष्ठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै • Nepal's Trusted Digital Newspaperआगामी जेष्ठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आगामी जेष्ठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

आगामी जेष्ठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
आगामी जेष्ठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

काठमाडौं । आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” राजधानीमा आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङ्गको संयोजकत्वमा “प्रदर्शनी आयोजक समिति” गठन गरी यसको तयारीको काम शुरु भइसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका