काठमाडौं । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल र नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गर्नुभएकाे छ मोडल स्वस्तिका खड्काले ।
नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी हुनुकाे साथै चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उहाँप्रतिको आकर्षण हो । उहाँ मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहानुहुन्छ ।
काठमाडौं कपनकि स्थायी बासिन्दा स्वस्तिका खड्का बिगत २ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यवसायिक मोडलको रुपमा आफुलाई निखार्दै आउनुभएकाे छ । हेर्दा पनि निकै आकर्षण मोडल स्वस्तिका खड्का, हासिरहने शालीन स्वभावकि हुनुहुन्छ ।
स्वस्तिका खड्का यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउनुहुन्छ । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने स्वस्तिका अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत हुनुहुन्छ ।
आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरि सकेकी स्वस्तिका खड्काले टिभि एड, २ र ३ वटा टेलिसिरियलहरुमा समेत अभिनय गरिसक्नुभएकाे छ । सौन्दर्य प्रतियोगितामा प्रतिस्प्रर्धा गरेर सिने क्षेत्रमा प्रवेश गरेकी स्वस्तिकाले दर्जनौ फेशन सो हरुमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकाे बताउनुहुन्छ, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।
उहाँ भन्नुहुन्छ, मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उहाँ बताउँनुहुन्छ।
प्लस टुमा अध्ययनरत स्वस्तिका खड्का परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढनुभएकाे छ । मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ खड्का भन्नुहुन्छ ।