काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामामा १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३ सय रुपैयाँ तोकिएको छ। यसअघि सोमबार छापावाला सुन तोलाको ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने सोमबारको तुलनामा १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोलाको १ हजार ३ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोलाको १ हजार ३ सय ५० रुपैयँमा कायम गरिएको थियो।