निर्वाचन आचारसंहिता पालनामा बाचा गराउन राजनीतिक दलहरुलाई आयोगले बाेलायाे • Nepal's Trusted Digital Newspaperनिर्वाचन आचारसंहिता पालनामा बाचा गराउन राजनीतिक दलहरुलाई आयोगले बाेलायाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निर्वाचन आचारसंहिता पालनामा बाचा गराउन राजनीतिक दलहरुलाई आयोगले बाेलायाे

निर्वाचन आचारसंहिता पालनामा बाचा गराउन राजनीतिक दलहरुलाई आयोगले बाेलायाे

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
निर्वाचन आचारसंहिता पालनामा बाचा गराउन राजनीतिक दलहरुलाई आयोगले बाेलायाे

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ ।

त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा बोलाइएको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिताबारे जानकारी गराउने र ती आचार संहिता पालना गर्नेछौं भनेर लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाइने छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका