मापदण्ड मिचेर बनाएका संरचनामा पोखरा महानगरले चलायाे डोजर • Nepal's Trusted Digital Newspaperमापदण्ड मिचेर बनाएका संरचनामा पोखरा महानगरले चलायाे डोजर • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • मापदण्ड मिचेर बनाएका संरचनामा पोखरा महानगरले चलायाे डोजर

मापदण्ड मिचेर बनाएका संरचनामा पोखरा महानगरले चलायाे डोजर

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
मापदण्ड मिचेर बनाएका संरचनामा पोखरा महानगरले चलायाे डोजर

पोखरा । पोखरा महानगरले मापदण्ड मिचेर बनाएका संरचनामा डोजर चलाएको छ । पोखरा महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो ।

महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्म मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाएको हो ।

मापदण्ड मिचेर बनाएका फिस्टेल हाउजिङका ५ घरका पर्खाल, गेट भाडा र कार्यालय भत्काएको हो । यसअघि पनि महानगरले त्यही सडक खण्डमा मापदण्ड मिचेर बनाएका दर्जन घरहरु भत्काइसकेको थियो ।

महानगरले सुरुमा २६ मिटर चौडा सडक बनाउने योजना भएपनि उक्त मापदण्डमा ५६ घर भत्किने भएपछि घटाएर २४ मिटरको सडक बनाइने भएको हो । उक्त मापदण्डमा २१ घरले मापदण्ड विपरीत संरचना बनाएको पाइएको छ ।

मापदण्डभित्र परेको संरचनालाई पटक पटक सूचना निकालेर हटाउन आग्रह गर्दासमेत नहटाएपछि महानगरले एस्काभेटर प्रयोग गरी भत्काएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका