समय बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन • Nepal's Trusted Digital Newspaperसमय बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • समय बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन

समय बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
समय बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन

पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा साेमबार रक्तदान कार्यक्रम  सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको छ ।

संस्थाले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको कार्यक्रममा  ५१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष रामराज लामिछानेले गर्नुभएकाे थियाे । उहाँले संस्थाका शेयर सदस्य आशिष गुरुङलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएकाे हाे ।

कार्यक्रममा रक्तसञ्चार केन्द्रका वरिष्ट प्रविधिक महेन्द्र केसीले रक्तदानको महत्वका बारेमा प्रकाश पार्नुभएकाे थियाे । संस्थाका अध्यक्ष शिव प्रसाद द्वाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।  कार्यसमिति सदस्य भोलाकुमार श्रेष्ठ कार्यक्रममा स्वागत गर्नुकाे साथै स्वागत मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रम  सञ्चालन संस्थाका सचिव अनिल बड्गामीले गर्नुभएको थियाे । कार्यक्रमकाे बारेमा कार्यक्रम संयोजक नविन नापितले जानकारी दिनुभएकाे हाे ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । करिव एक हजार शेयर सदस्य रहेको सहकारीले यसअघि स्थापनाको १४ वर्ष प्रवेश गरेको अवसरमा लमजुङको गिलुङस्थित ज्योति विन्दु प्राविमा अध्यनरत ३१ विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद समाग्री वितरण गरेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका