बिटी कपमा पहिलो चरणका खेल सम्पन्न, आज(मंगलबार)देखि दोस्रो चरणका खेल हुने • Nepal's Trusted Digital Newspaperबिटी कपमा पहिलो चरणका खेल सम्पन्न, आज(मंगलबार)देखि दोस्रो चरणका खेल हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिटी कपमा पहिलो चरणका खेल सम्पन्न, आज(मंगलबार)देखि दोस्रो चरणका खेल हुने

बिटी कपमा पहिलो चरणका खेल सम्पन्न, आज(मंगलबार)देखि दोस्रो चरणका खेल हुने

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
बिटी कपमा पहिलो चरणका खेल सम्पन्न, आज(मंगलबार)देखि दोस्रो चरणका खेल हुने

पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा आजदेखि दास्रो चरणका खेहरु हुने क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बगर स्थित पुरानो टुडिखेलमा आज सम्पन्न भिमकाली निलो र डेभिजफल्स एफसी बिच भएको खेल निर्धारित समय बराबरीमा सकिएपछि टाईबेकरमा भिमकाली निलोले १–० गोल अन्तरले जित निकाल्यो । त्यसैगरी दोस्रो खेलमा भिमकाली क्लब टिमएले डुङ्गेसाघुँ क्लबलाई टाईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्याे । तेस्रो खेलपनि निर्धारित समयमा गोलरहित भएपनि टाईबेकरमा दीप युनाईटेडले ब्रदर्श युनिटीलाई ३–२ गोल अन्तरले पाखा लगायो ।

एलजी एफसीले स्याङ्जा एफसी टिम बिलाई १–० गोल अन्तरले हरायो । एलजीको जितमा अभिषेक गुरुङले निर्णायक गोल गर्नुभयाे ।
पाँचौ खेलमा स्याङ्जा एफसी टिम एले सँगम एफसीलाई १ –० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो स्याङ्जाको जितमा मुक्त थापाले निर्णायक गोल गर्नुभयाे ।

छैटौ खेलमा मिरुवा एफसीलाई बयारघारी एफसीले १–० गोलले पराजित गर्याे । बयारघारीको जितमा समिर गुरुङले गोल गर्नुभयाे । सातौ खेलमा विष्णु पादुका क्लबलाई कमलपोखरी क्लब टिम बिले १–० गोलले हरायो । कमलपोखरीको जितमा बिमल गुरुङले निर्णायक गोल गर्नुभयाे ।

आठौं खेलमा लेकसाईड एफसीले रत्नचोक एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित हाँसिल गर्याे । लेकसाईडको जितमा मुक्त बहादुर तामाङ र सुनिल बिकले समान १÷१ गोल गर्नुभएकाे थियाे भने रत्नचोकको तर्फबाट सिङ्कमान तामाङले सान्त्वना १ गोल फर्काउनुभएकाे थियाे ।
आजको अन्तिम खेलमा रामघाट एफसीले र एनजी एफसी टिमबिलाई ३–० गोल अन्तरले पराजित गरेको बिटी क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार त्यसपश्चात दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका